यि हुन् सीके राउतलाई मूलधारको राजनीतिमा फर्काउने मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति ! आउनुहोस् जानौँ वृतान्त

फाइल फोटो

काठमाडौँ, स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउत र सरकार बीच ११ बुँदे सहमति भएको छ । आज शुक्रबार राष्ट्रियसभा गृहमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओली र राउतले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन् । देश नै टुक्र्याउन अगाडी बढेका रावतले अचानक सरकारसंग यस्तो सहमति गर्न यसै तैयार भएनन् ।

आउनुहोस् जानौँ यसको वृतान्त :

राउतले भित्र भित्रै सरकारसंग वार्ता गरेर आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् । नेकपा सांसद सोमप्रसाद पाण्डे नेतृत्वको समितिको लामो प्रयासपछि राउत मूलधारको राजनीतिमा फर्किन तयार भएका हुन् । ले आफैँ वार्ताको लागी पाण्डे रावत समूह नेतृत्वको समितिसँग सम्पर्क गरेको थियो ।

वार्ता टोलीका सदस्य सुरेश आले मगरले राउत समूहका नेता चन्द्रकिशोरसँग वार्तामा आउन बारे पटक-पटक कुरा गरिरहे पछि चन्द्रकिशोरले परिवार मार्फत यो कुरा पुर्याए पछि सीकेका दाजु जयकान्त राउतसँग संयोजक पाण्डेले छलफल गरेका थिए । नार्कका च्याउ खेती विशेषज्ञ जयकान्तसंग वार्ता टोलीको लामो समय कुरा भए पछि बल्ल यो सम्भव भएको थियो ।

वार्ता समितिले मुलुक विखण्डनको नारा नत्यागे सम्म कुनै पनु किसिमको वार्ता नगरिने भनेर प्रेशर दिए पछि उनीहरु पृथकतावादी आन्दोलन त्याग्न राजी भएका बताउँछन् पाण्डे । सरकारी वार्ता टोलीले स्वतन्त्र मधेश नामको पृथकतावादी गतिविधि त्यागेमा उच्चतहसँग वार्ता गराउने प्रतिबद्धता जनाए पश्चात सीके राउतले पृथकतावादी गतिविधि त्याग्ने प्रतिबद्धता जनाएर सरकारले सीकेको सम्पर्क शुत्रसित वार्ता गरेको थियो ।

रावतले यस्ता गतिविधि त्याग्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीको तहबाटै कुराकानी भएको र अन्त्यत आधिकारिक रुपमा आज प्रधामनन्त्री ओली र राउतले एउटै मञ्चबाट सम्बोधन गर्ने सहमति बनेको हो । आज शुक्रवार दिउँसो राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममार्फत् राउतले स्वतन्त्र मधेशका गतिविधि त्याग गर्ने जनाएका छन् । समितीक सदस्य भन्छन्, ‘हामीले निकै मेहनत र पटक-पटकको वार्तापछि यो सफलता हासिल गरेका हौं ।’

यहाँहरुको जान्कारीको लागी सरकारी वार्ता टोलीले तराईमा सशस्त्र गतिविधि सञ्चालन गरिरहेका अन्य समूहलाई पनि वार्ताबाटै शान्तिपूर्ण राजनीतिमा अवतरण गराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया