यस बर्ष १० हजार ५० कामदार लैजाने कोरियाको तैयारी !

काठमाडौँ, सन् २००८ बाट कोरियाली रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको छ । सन् २०१९ मा मात्र दक्षिण कोरियाले नेपालबाट १० हजार ५० जना नेपाली कामदार लैजाने भएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्र र कृषि क्षेत्र गरी दुई क्षेत्रमा विभाजन गरी यि कामदार लगिँदै छ । उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ ।

कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ । करिब ९१ हजार रुपैयाँ खर्च गरेर कोरिया जान पाइने हुँदा देशका कयौँ युवा कामको शिलशिलामा कोरिया तिर होमीइन्छन् । कोरियामा कार्यरत विदेशी कामदारको मूल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो ।

नेपालले तोकिएको समयभित्र पारदर्शी ढंगले कामदार भर्नामा सहयोग गरेको भन्दै कोरिया सरकारले दुईपटक अवार्ड दिइसकेको छ । कोरिया जाने युवाले मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्छन् । गत बर्ष नेपालबाट ८ हजार ५ सय ११ जना नेपाली कामदार कोरिया पठाईएको थियो ।

पहिलो पटक छनोट भएका कामदारले चार वर्ष १० महिना काम गर्न पाउँछन् । कामदार र रोजगारदाताबीच भएको सम्झौताअनुसार काम र तलब सुनिश्चित हुने भएकाले कोरिया कामदारका लागि सुरक्षित गन्तव्य भएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया