काठमाडौँ, सरकारले विप्लब माथि लगाएको प्रतिबन्धलाई लिएर निकै विरोध भएको छ । पार्टी भित्र नै यसको घोर विरोध भैरहेको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको बताएका छन् ।
यस्तो गम्भीर विषयमा पार्टी छलफल नै नगरी निर्णय गर्ने ओलीको कार्यशैली ठिक नभएको बताउँछन् नेता नेपाल । उनि भन्छन्, ‘ पार्टीभित्र छलफल भएको छैन । पार्टीभित्र गम्भीर विषयमा छलफल हुनुपर्थ्यो । यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मेजर कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली उचित होइन । ‘
उनले भने, ‘कुनै पनि चिजको निम्ति राम्रो, गम्भीर तयारी गरेर, पर्याप्त छलफल गरेर सरोकार भएका ठाउँमा छलफल चलाएर कदम चाल्नुपर्ने हो, अपरिवक्व ढंगले निर्णय गरेको देखियो ।’
आफुहरुसंग कुनै पनि छलफल नभएको कारण यसमा सरकारलाई साथ दिन नसकिने भन्दै उनले भने, ‘ सरकारले सबै पक्ष सोचेरै गरेको होला भन्ने अनुमान गरौं, सोधेपछि, सल्लाह गरेपछि अरुले पनि जिम्मा लिन्छन्, डिफेन्ड गर्छन् मौरीजस्तो जाइलाग्छन्, वास्तै गरिएन भने किन जिम्मा लिने ? ‘