म फेरी जङ्गल पस्न सक्छु : प्रचण्ड !

फाइल फोटो

काठमाडौँ, आइतबार काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि जङ्गल जान पनि पछि नपर्ने बताएका छन् ।

राजधानीमा काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा ‘ समृद्धि र समाजवाद : हामी कहाँ छौं ‘ शीर्षकमा एक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रचण्डले आएको खण्डमा आफू जङ्गल जान पनि पछि नपर्ने बताएका हुन् ।

उनले भने, ‘ म के ठान्छु भने सम्पूर्ण चिज त्याग गरेर फेरि एकपटक जंगलमा जानु परे जान सक्छु । यो कुरा मलाई पटक्कै गाह्रो लाग्दैन । कतिपय कसरी सकिन्छ भन्छन् । तर, तपाईंहरुको साथ चाहिन्छ म जान सक्छु । ‘

उनले थपे, ‘ तपाईंहरुले साथ नदिए एक्लै जोगी भएर त जान्न । तपाईंहरु साथमा हुनुभयो भने हेर्नुहोला म अर्को एउटा ‘क्लाइमेक्स’मा पार्टीलाई आन्दोलनमा लगेर मात्र माथि जाने विचारमा छु । ‘

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया