म कुटे जस्तो गर्छु त रोए जस्तो गर, स्कुटरलाई ठक्कर दिने प्रहरी भ्यानलाई रु. ५०० जरिवाना !

साभार तस्विर

काठमाडौँ, गत शुक्रबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सवारीमा स्कर्टिङ गरि रहेको १झ.१५२७ नम्बरको सशस्त्र प्रहरी भ्यानले पेल्दै-पेल्दै एक स्कुटरलाई ठक्कर दिएको थियो । उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि यस बारे चर्को आलोचना हुन थाल्यो ।

निकै आलोचना हुन थाले पछि भ्यानका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । प्रहरीका अनुसार सवारी ऐनअनुसार सवारी चालक सन्तोष घिमिरेलाई ५०० रुपैयाँ जरिवाना लगाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया