म्यूजिकली उर्फ टिकट्क आतंक : पाइखाना देखि प्रहरी थाना सम्म ,उड्ने देखि गुड्ने सम्म

-जगदिश गिरी

अहिले चल्तीमा रहेका समाजिक सञ्जालका एप्सहरुले मानव जातीमा कब्जा गरिरहेको समयमा फेरि पछिल्लो समय एक अर्को एप्स थपिएको छ । “म्यूजिकली उर्फ टिकट्क” सार्वजनिक भएको थोरैं समयमा विश्व भरी आफ्नो जाँदू गर्न सफल टिकट्कका प्रयोगकर्ता नेपालमा पनि ह्वारै वृद्धि भएका छन् । पछिल्लो एक डेढ् वर्ष यता यसका प्रयोगकर्ता शहरी क्षेत्रमा उल्लेखनीय मात्रामा बढेका छन् ।

फिल्म ,संवाद, गीत वा अन्य कुराको अडियोमा आफुले लिप सिङगिङ गरेरे यसमा भिडियो बनाउन र सार्वजनिक गर्न मिल्छ । उसो त यसमा अन्य फिचर पनि छन् तर म्यूजिकलीमा भएको लिप सिङगिङ फिचरका कारण कम समयमै विश्व भरी आफ्ना करोडौं प्रयोगकर्ता बनाउन सफल रहेको छ । यसका प्रयोगकर्ता ख्यातिप्राप्त सेलिबे्रटी संगै सर्वसाधारण पनि रहेका छन् ।नेपालमा पनि कलाकार देखि सर्वसाधारणले प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय अरुको भन्दा आफ्नो भिडियो फरक बनाउन यसका प्रयोगकर्ताले हद पार गर्न थालेका छन् । सयौं मान्छे लिएर उडे्का जहाजका पाइलटहरु पनि आकासमै मगन भएर बनाएका भिडियोहरु अहिले धेरै छन् । यसरी बनाएका भिडियो सार्वजनिक गर्न पाउँदा संसारनै जितेको अनुभूति हुन्छ होला । सायद ,

तर सयौं मानिसको जीबन धरापमा पारेर म्यूजिकलीको लागि गरेको यो अपार मेहनतमा सम्बन्धित पक्षको बेलैमा ध्यान जाओस् । आफु काठमाडौं बाट घर फर्किदा आएको जहाजका पाइलटले बाटै भिरी गरेको चर्तिकला घर पुगेर हेरै “जाउ माया सरर पिर मान्ने को छ र…. माया भन्दा ठूलो नै के छ र लै लै” ……. यो गीतमा बनाएको भिडियो हेरेर सातो गएको बाताए । ३५ मिनेटको हवाई यात्रमा लै लै …

बनाउदै रहेछन् पाइलट त धन्नै कतै ठोकेन्न हाँस्दै भने । सानो सुझाव दिदै थपे, “पाइलट सा’वा बरु एक्लै जहाज उडाउँदा नाच्ने गाउने सबै गर्नुस् तर यसरी यात्रु बोकेको जहाज भित्र उफ्रि उफ्रि नाचेर रमिता नगनु” । कुरा जहाज भित्र मात्रै सिमित रहेन काठमाण्डौकै एक प्रहरी कार्यलयमा प्रहरी निरीक्षक संग एक महिला सल्वलाउदै थिईन “जरा प्यार करोना” भन्ने गीतमा ति प्रहरी इन्स्पेक्टर बर्दीमा थिए , युवाती कुर्ता सुरुवालमा |

देशैभरी भइरहेका बलात्कारका घट्नाको वेवास्ता गर्दै ति प्रहरी जारा प्यारमा मगन थिए । पेसाले शिक्षक भएको बताउने एक व्यक्तिले अस्पतालमा बिरामी भएर गरेको बेलाको कुरा सुनाए नर्सहरुले बनाएका भिडियो त देख्नु भएकै होला म बिरामी हुँदा एक नर्सले कुन्नी के थरी भाषामा “जारा ध्यान से देखो इस आदमीको ” भन्ने अडियोमा म तिर क्यामेरा तेस्र्याउँदै भिडियो खिचिन् छेउमा भएकी अर्की नर्सले इन्जेक्सन गलाईन् भिडियो राम्रो आएन फेरी एक ताल इन्जेक्सन लगाउन मिल्छ दाई भनेको कहिले बिर्सीदैन होला भन्दै दुखेसो पोखे । हुन त आफ्नै श्रीमती ज्यू पनि यसैमा रुमलीएकी छ । कहिले के जाती गीतमा ओठ ट्पटप्याउछिन् कहिले के । छिमेकीले देख्ला भनेर लाजमर्नु हुन्छ । एक पटक त दाँत झरेकी ९० वर्षीय आफ्नै आमालाई ल्याएर मुस्कुराएतो जरा…. भन्ने गीत गाउन लागाउदा आमाले भन्न नहुने भने पछि … दुईचार दिन श्रीमतीको नाटक बन्द भएको अनुभव छ ।

अझ काठमाण्डौं एक कलेजको कक्षाकोठा भित्रको दृष्य बिचित्रको छ । २ जना युवती अगाडी उभिएका हुन्छन शिक्षक कापी जाँच्दौ गर्दा उनकै छेउमा भएकी युवाती नाच्छिन् “मास्टर साहेव सिकाई देऊ पिरती , पिरती”…. ढाका टोपी मा ठटिएका मास्टर देख्दैन्न अथवा उनको रोल नै त्यस्तै हो ? यस्ता सम्बेदनशील ठाउमा त यसरी मरिहत्ते गरेर भिडियो बनाईन्छ । भने, अरु ठाँउको त के कुरा । नेपालमा बढी म्युजिकली चलाउने र बढी फ्यान भएका कलाकारहरुमा वर्षा रावत, केकी अधिकारी प्रियंका कार्की , आँचल शर्मा , पुजा शर्मा लगायत पर्दछन् भने नायकहरुमा त्यति रुची देखिदैन्न् ।

हुनत यसका प्रयोगकर्ता संसार भरी युवातीनै धेरै रहेका छन् त्यो पनि २१ वर्ष मुनिका । चीनका दुई युवाले मिलेर बनाएको टिकट्कले ३ वर्षामा विश्वभरी राज गरेको छ । २०१५ मा २ जना चाईनीज एल्याक्स जहू र लोयो यंगले यसलाई बनाएका थिए । सुरुको चरणमा यो एप्स क्यानडा , युके, जर्मनी, जापान ,फिलिपीन्स, ब्राजिल लगायतका ३० ओटा देशमा प्रयोगमा आएइको थियो । १ वर्षको अबधिमा करिब ९० करोड प्रयोगकर्ता बनाएको म्यूजिकलीमा दैनिक १२ करोड भन्दा बढी भिडियो अपलोड हुन्छन् । अहिले यसका प्रयोगकर्ता दिनानुदीन उल्लेखिय संख्यामा वृद्धि भइरहेका छन् । अन्य एप्स भन्दा सुरक्षीत मानिएको टिकट्कमा भिडियो बनाउँदा सम्वेदनशील र मर्यादित नहुदा ठूलो दुर्घटना हुन सक्छ ।

(माथि उल्लेखीत ठाँउमा , मानिसका नाम र प्रयोग गरिएका भिडियो यस लेखमा समावेश गरिएको छैन् ।)

फेसबुकबाट तपाईको प्रतिक्रिया