मोति जस्तै चम्किन्छ पहेंलो दाँत, अपनाउनुहोस् यि ५ घरेलु उपाय !

फाइल फोटो

एजेन्सी, भनिन्छ तपाइँको अनुहारको सुन्दरतालाई बढाउनमा तपाइँको मुस्कानको ठुलो हात हुन्छ । तर तपाइँको सुन्दरतालाई तपाइँको मुखमा देखिइने पहेँलो दाँतले फिक्का बनाईदिन सक्दछ । यदि तपाइँ आफ्नो पहेँलो दाँतको कारण मानिसको सामुन्ने खुलेर हाँस्न सक्नु हुन्न भने चिन्ता नगर्नुहोस् । आज हामी तपाइँलाई यस्ता घरेलु उपायहरु बताउँछौँ जसले तपाइँको पहेँलो दाँतलाई मोति झैँ चम्किलो बनाउन सक्दछ । आउनुहोस् जानौँ ति उपायहरु :

सुन्तला र तुलसी

सुन्तलाको बोक्राको साथ तुलसीको पत्ता सुकाएर त्यसको पाउडर बनाउनुहोस् । त्यस पश्चात दैनिक दाँत ब्रश गरे पछि उक्त पाउडरले दाँत मसाज गर्नुहोस् । यसो गर्दा तपाइँको दाँतको पहेँलोपन केहि दिनमा नै हराउँछ ।

केराको बोक्रा

केरा तपाइँको स्वास्थ्यको लागी कुनै वरदान भन्दा कम छैन । यसको सेवनले तपाइँको स्वास्थ्यको साथ साथै तपाइँको मुस्कानलाई पनि स्वस्थ बनाउँछ । हजुर, तपाइँको पहेँलो दाँतलाई सफा राख्नको लागी केराको बोक्राको भित्रि भागले दाँतलाई घोट्नुहोस् । केहि दिन यसलाई आफ्नो दैनिकीमा शामिल गर्नुहोस् । तपाइँको दाँत मोति झैँ चम्कनेछ ।

बेकिङ्ग सोडा र नुन

पहेँलो दाँतलाई सफा गर्नको लागी एक चम्चा बेकिङ्ग सोडामा एक चिम्टी नुन र थोरै पानी मिलाएर त्यसको पेस्ट बनाउनुहोस् । अब यो पेस्टलाई २/३ मिनेट सम्म ब्रशको माध्यमबाट रगड्नुहोस् । तपाइँको दाँत चम्कनेछ ।

निम

दैनिक निमको दातुनले ३/४ मिनेट सम्म दाँतलाई घोट्नुहोस् । यसले दाँतसंग जोडिएका समस्याहरुको साथ साथै दाँतको पहेँलोपनालाई पनि हटाउँदछ ।

कागती

आधा चम्चा कागतीको रस पानीमा मिलाएर दाँतलाई मसाज गर्दा पनि दाँतको पहेँलोपना हराउँदछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया