मोटर साइकल दुर्घटनामा दुईको मृत्यु !

फाइल फोटो

काठमाडौँ, रामेछापमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा भएको दूर्घटनमा दुई जनाके ज्यान गुमाएका हुन् ।

उक्त दुर्घटनामा परि मृत्यु हुने खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठ रहेका छन् । मन्थली पुरानागाउँको अङ्गेरीपानीबाट खुरबेँसी जाने क्रममा बा५१प ६३६५ नंको मोटरसाइकल दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतका अनुसार दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र बालकको उपचारका लागि ल्याउने क्रममा बाटोमै निधन भएको हो ।

मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेको उनले बताएका छन् । स्थानीयवासीका अनुसार पुरानागाउँको छापखानी खोला तरेर उकालो बाटोतर्फ जाँदैै गरेको मोटरसाइकल अनियन्त्रित भई खोलामा खसेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया