काठमाडौँ, जयपृथ्वी नगरपालिका – ७ मा मोटरसाइकल दुर्घटना हुँदा सोही वडाका वडा सदस्यको मृत्यु भएको छ भने अध्यक्ष घाइते भएका छन् ।
से १ ब ११७७ नम्बरको मोटरसाइकल पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुने वडा सदस्य नरेश महर रहेका छन् भने गम्भीर घाइते भएका अध्यक्ष हरिचन्द्र जोशी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागी जिल्ला अस्पताल बझाङ ल्याइएको थियो । अस्पतालमा उपचारको क्रममा महरको ज्यान गएको हो ।
घाइते वडाध्यक्षलाई थप उपचारको लागी काठमाडौँ ल्याइदै छ ।







