मोटरसाइकल चोरी गर्ने २ जना बालाजुबाट पक्राउ !

फाइल फोटो

काठमाडौँ, मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले बालाजुबाट पक्राउ गरेको छ ।

तार्केश्वर नगरपालिका–२ स्थित पार्किङ गरी राखेको बा.६३ प. ३३८ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल चोरी गरेको आरो लागेका उनीहरुलाई प्रहरी वृत्त बालाजुले बिहिबार विहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोट मेगाङ गाउँपालिका–८ का रोशन मगर र सोही ठाउँका राहुल तामाङ रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया