काठमाडौँ, रुपन्देहीको देवदह नगरपालिका- ५ का मोटरसाइकलमा सवार २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक दिलबहादुर मल्लका अनुसार उनलाई अज्ञात समुहले आक्रमण गरे हत्या गरेका थिए ।
खैरेनीबाट मोटरसाइकलमा भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा प्रहार भएको थियो । त्यसपछि उनलाई उपचारको लागी देवदह मेडिकल कलेज लगिएको थियो । उपचारको निम्ति त्यहाँ लगिएपछि उनलाई मृत घोसना गरिएको थियो ।
घटनामा संलग्नको आशंकामा केहिलाई अनुसन्धानको लागी नियन्त्रण लिइएको प्रहरी नायब उपरिक्षक मल्लले बताएका छन् । जवान छोराको मृत्युको खबरले बेहोस भएका आमा-बावु, शोभा पुरी र लोमस पुरीको बुटवल स्थित गौतम बुद्ध मुटु अस्पतालमा उपचार भइरहेको छ ।