पोखरा । नयाँ जनप्रतिनिधिको अहिले पोखरामा मतगणना जारी छ । मत गणनाको ११ औं दिनसम्म आइपुग्दा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङको जित निश्चित भएको छ ।
१ लाख ३९ हजार मत गणना हुँदा आचार्य ५ हजार ४८५ र उपेयरमा मञ्जुदेवी ३ हजार ९९० मतान्तरले अगाडि छिन् । अब मत गणना गर्न ३ हजार ८१५ मतमात्रै बाँकी छ ।
निर्वाचनको अन्तिम मत परिणाम नआउँदै नेकपा एकीकृत समाजवादीका आचार्य शनिबार काठमाडौं पुगेर फर्किएका छन् । प्रमुख पदमा जित्ने पक्का भएपछि आचार्यले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर पोखराका लागि बजेट मागेर फर्किएका हुन् ।







