काठमाडौँ, गतसाता मेक्सिकोको उत्तरी क्षेत्रमा भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको मेक्सिकोका अधिकारीहरुले बताएका छन् ।
आइतबार अमेरिकाको लस भेगासबाट मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी विमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो ।
मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजका अनुसार चिकित्सकहरुले विमानमा रहेका सबैको शव पहिचान गरिसकेका छन् । मृत्यु भएका व्यक्तिमध्ये सात जनाको शरीर सग्लो स्वरुपमा भएपनि जलेको अवस्था रहेको तथा अरु ६ जनाको शरीर टुक्राटुक्रा भएको उनले बताएका छन् ।
गत आइतबार बमबार्डियर च्यालेन्जर ६०१ जेट सम्पर्क विहिन भएको नागरिक उड्डयन अधिकारीहरुले बताएका थिए । मौसम खराबी भएको कारण विमान दुर्घटना भएको उनीहरुको प्रारम्भिक अनुमान छ । ( एएफपी )