अनिल योगी, नेपाल सम्पुर्ण रुपले दिशाहिन भएकोछ । जनतालाई न्याय निसाफ दिने कानुनी निकाय स्वयम् जनतालाई दुख सास्ती दिने काम गरिरहेका छन् । यस्तो हुनु भनेको साशकहरु र ती निकायमा बस्नेहरुको मानसिक दुर्बलताको परिणाम हो । सुरक्षा निकायमा बेथिती,अराजकता र भ्रष्टाचार ब्याप्तछ । सबै जसो सुरक्षा अंगहरु मुर्झाएका छन् । त्यहाँ भित्र देशभक्तिको थोरै अंश बाँकी भएपनी आजको संकटसंग जुधेर मुलुकलाई मुलुक जस्तो बनाउने नैतिक तागत र ल्याकत देखिदैन । हाम्रा सुरक्षा अंगहरु हुन् धेरै भन्न मिलेको छैन । जेन तेन बाटाघाटामा मकै बारिमा उभ्याईएका बुख्याँचा जस्तै अझै उभिएका देखिन्छन् । दलका नेताहरुका कुकर्म मेपाली जनताले भन्दा राज्यका सुरक्षा अंगले राम्रो संग बुझेका थिए । राज्यका युनिफर्म पनि लगाउने र आफ्नै रगत र जनताको रगतमा होलि खेल्दै आएका दलाल नेताहरुका रक्त रन्जित गोडामा स्वाभिमानको भेटी चढाएर जागिर थामी राख्नेहरुको ईतिहासमा समीक्षा पक्कै पनि हुनेछ ।
राज्यसत्ताले कति गैर जिम्मेवार काम गर्यो भन्ने बारेमा बयान गरि साध्य छैन । युद्ध निम्त्यायो, राज्य खन्डित हुने अबस्थामा पुगायो । जातिय र भौगोलिक बिभाजनका लागि जमिन तयार पार्ने काम गर्यो । भ्रष्टाचार, अनाचार, नाताबाद र कृपाबादको त बयान गरि साध्य छैन । देशलाई सम्पुर्ण रुपले बिदेशिको कृडास्थल बनाउने काम गरियो । नेताहरु र राज्यका महत्वपूर्ण निकायका पदाधिकारी मात्र होईन, समाजका गन्ने मान्ने भनिनेहरु बिदेशिले दिएको भत्यारमा दारुपानी र चौरासी ब्यान्जन हसुर्न थाले । एउटा नागरिकले चाहे त्यो जुनसुकै ओहदा र ज्ञानको ज्ञाताहोस उसले आफ्नो राष्ट्रका बारेमा, समाजका बारेमा कति सम्म बोल्ने र को को संग भेट्न पाउने र को को संग के के लिन पाउने र नपाउने भन्ने कुराको कुनै टुंगो भएन । जे मन लाग्छ बोल्न पाउने र जे मन लाग्छ जस्को पनि लान र खान पाउने छाडा संस्कृतिलाई लोकतन्त्र हो भनियो । कसैले लज्जाबोध पनि गर्दैनन् ।
यस्तो तल्लो स्तरको चेतना बोकेर राज्य र समाज हाक्नु जस्तो खतरा अरु केही हुनै सक्तैन । किन कि बिगतको एक दशक लामो युद्ध कुन बिवेकमा आधारित थियो रु यो प्रश्नको उत्तर आज सम्म मैहु भन्ने बिद्धानले समेत दिन सक्दैन । राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको राजसस्थालाई देशि बिदेशीले लामो शड्यन्त्र गर्दै राष्ट्रिय राजनितिबाट जबर्जस्त बाहिर पार्ने जुन काम गरियो( त्यसको भित्री उदेश्य नेपाल राष्ट्रलाई अन्ततः मास्ने भन्नेनै थियो । शाहबंशले निर्माण गरेको शाही नेपाली सेनाले एउटा शाहबंशको सुरक्षा गर्न नसक्नु र त्यही शाहबंशको अर्को राजालाई छोडेर बिदेशिले तयार पारेका नेताहरुका गुलाम बन्न राजी हुनुले पनि नेपाल सुरक्षित कसरी रहन सक्छ रु यो प्रश्न गम्भीर बन्दै जान थालेकोछ ।
नेपाल बचाउने र आफू बाँच्ने जुक्ती अब स्वयम् नेपाली जनताले आफै खोज्नुपर्छ कि भन्ने अबस्थामा देश पुगेकोछ । यो कुनै भाबनात्मक कुरा मात्र होईन, नेपालका राजनितिक घटनाक्रमले यही कुरालाई संकेत गरिरहेका छन् । हामिले आशा गरौं देशको रखवारी गर्ने जिम्मेवार निकायले समयमै देशको धरातलिय यथार्थलाई बुझेर उचित उपाए खोज्नेछन । सबैलाई चेतना भया ।