मुन्द्रेको कमेडि क्लव कपिलको चोरी , उनका नयाँ शो हेर्नु भन्दा कपिलका पुराना शो हेर्नुमा मज्जा

भारतिय सिनेमा बाट चोरी गर्ने चलन नेपालमा पुरानो हो । चोरी पनि गुणस्तर घटाएर गर्ने चलनका कारण नेपाली सिनेमाको हालत हरितण्डम छ । वार्षीक सयौंको संख्यामा बन्ने नेपाली चलचित्र मध्ये लगानी उठाउने चलचित्र मुस्किलले चार पाँच ओटा हुँन्छन् ।

नेपाली चलचित्र नरुचाईनुको प्रमुख कारण हो । मौलिकता नहुनु नेपाली पन नहुनु र अर्काको दुरुस्तै फोटो कपी हुनु अझ त्यो फिल्मको भन्दा कयौं गुणा काम गुणस्तरमा त्यहि फिल्म बन्नु । भारतिय फिल्म बाट चोरी गर्ने रोग लागेको लामो समय भइसकेका बेला अहिले भारतिय सिरीयल बाट पनि जस्ताको त्यस्तै कपी हुन थालको छ ।

कुरा गरौं पछिल्लो समय यै अम्यास गरिरहेको नेपालका चर्चित हाँस्य कलाकार जितु नेपाल मुन्द्रेको ,उनले आमा अग्नी कुमारी मिडिया (युट्युव च्यानल) मार्फत दर्शक हँसाउन नयाँ कार्यक्रम ल्याएका छन् “मुन्द्रको कमेडी क्लव” नाम मुन्द्रको कमेडी क्लव भए पनि उनको यो शो पुरै भारतिय चर्चित कमेडियन कपिल शर्माको “द कपिल शर्मा शो’ बाटा जस्ताको त्यस्तै चोरी गरिएको छ ।

यो कार्यक्रमको पुरै रुप रेखा कपिलको शोको भएको दर्शकहरुलाई सजिलै भान हुन्छ । अझ द कपिल शर्मा शोमा बस्ने नवजोत सिंह सिद्धुको ठाउमा दीपा श्री निरौला बस्छिन उनले समेत सिद्धुबाट चोर्न कुनै कसर बाँकी राखेकी छैन् । बेला बेला हास्ने पन्च लाईन नआए पनि हाँस्ने जस्ता कुरा ठ्याक्कै समातेकी छिन् । यद्दपी उनले शेर सायिरी भने भन्ने गरेको छैन् ।

त्यस्तै कपिलको शोमा रहेका अन्य क्यारेक्टर पनि जस्ताको त्यस्तै उतारीएको छ । दुई श्रीखंला प्रशारण भइसकेको उनको शो’मा लामो समय सम्म त्यहा उपस्थित दर्शक अथावा हेर्ने दर्शकले हाँस्ने ठाउ खोज्दै बस्नु पर्ने अवस्था आउँछ । जीतु लाई मुन्द्रे बनाउन महत्वपुर्ण भुमिका रहेको उनको पछिल्लो समय बन्द टेलिश्रीखंला जिरेखुर्सानी हालको शो भन्दा धेरै हाँस्यरस भएको र नेपाली पन झल्किने शो थियो भन्दा फरक पर्दैन ।

हुनत चर्चित कमेडिय कपलि शर्माले पनि आफ्नो शोको फरम्याड एउटा अंग्रेजी शो बाट चोरेकोे बताईन्छ । उनले फरम्याड चोरे पनि आफ्नो कमेडिको अपार क्षमताले फोक्स पत्रिकामा नाम दर्ज गर्न सफल रहे भने पछिल्लो समयका भरतिय सबै भन्दा लाकप्रिय कलाकार बने पदम श्री अवार्ड पनि हात पारे , विविध कारणले उनको शो हाल बन्द भएका बेला जितु नेपालले नयाँ शो ल्याएका हुन् ।

प्रत्यक्ष दर्शकको आगडी गरिने कमेडि भएको शो नेपालमा यसरी गरिएको पहिलो हो तर आफ्नो पन भएको भए यो शो चर्चित हुनेमा शंका छैन् । पहिलो भाग युट्युवमा सार्वजक भए पछि दर्शकदीर्घाबाट पनि कपिलको फोटो कपी भयो आफ्नो मौलिकता भएन भन्ने प्रतिक्रिया अधिक आए । आफैमा राम्रो क्षमता भएका हाँस्य कलाकार जितु नेपालले यसरी आफ्नो लोकप्रियता आफैले त घटाउँदै छैन्न त्यता तिर सोच्न आवस्यक छन् । पछिल्लो समयका उनि नेपाली चलचित्र क्षेत्रमा पनि सफल चलचित्र दिने कलाकारमा पर्दछन् । उनको शोमा जितु नेपाल, दीपा श्री निरौला ,राजाराम पौडेल, उमेष राई लगायतका कलाकार रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया