मानेभज्याङमा स्कर्पियो दुर्घटना, ६ को मृत्यु ३ गम्भीर घाइते !

फाइल फोटो

काठमाडौँ, सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको स्कारपियो ओखलढुंगा स्थित मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा चालकसहित अन्य ३ जना गम्भिर घाइते भएका छन् ।

घटनास्थलबाट उद्धारकार्यमा खटेका प्रहरी जवान वीरबहादुर तामाङक अनुसार उक्त स्कर्पियो सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको हो । दुर्घटनामा पर्नेहरु कसैको पनि पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यलयबाट प्रहरी प्रमुख पुष्पराज मल्ल नेतृत्वको टोली घटना स्थलतर्फ प्रस्थान गरिसकेका बुझिएको छ ।

घटना बारे थप विवरण भने आउन बाँकी नै रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया