मानसिक सन्तुलन गुमाएकी किशोरीको सामुहिक बलात्कार !

फाइल फोटो

काठमाडौँ, करिब १६ वर्ष उमेर भएकी मानसिक सन्तुलन गुमाएकी एक किशोरीको बारा परवानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे सामुहिक बलात्कार भएको छ ।

किशोरीलाई बलात्कार गर्ने स्थानिय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका एक अर्का पुरुष थिए । बलात्कार कै क्रममा स्थानियले उनीहरुलाई रङ्गेहात भेट्टाएका थिए ।

दुई मध्य स्थानिय मण्डललई त्यहाँका अन्य स्थानियावासीले प्रहरीको जिम्मा लगाएका थिए भने अर्का व्यक्ति स्थानियबाट फ़ुत्किएर भाग्न सफल भएका थिए ।

हाल मानव सेवा आश्रम वीरगन्जले आश्रय दिएको उक्त किशोरी को हुन् ? कहाँ बाट आइन् ? भन्ने बारे कसैलाई थाहा छैन न त उनि यि सबको उत्तर दिन सक्दछिन् ।

आइतबारदेखि उक्त किशोरी गाउँमा देखिएकी स्थानियको भनाइ छ । किशोरी शारीरिक रुपमा सामान्य देखिएकी भएता पनि उनि आफ्नो नाम पनि बताउन सक्ने छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया