काठमाडौँ, काठमाडौँबाट पोखरा जाँदै गरेको माइक्रोले ठक्कर दिँदा पैदल्य्तात्रुको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट एक पैदलयात्रुको ज्यान गएको हो ।
मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगर रहेका छन् । दुर्घटनामा सडकछेउ हिँडी रहँदा घाइते भएका उनलाई उपचारको लागी काठमाडौँ ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उपचारको क्रममा गए राती काठमाडौँ मै उनको मृत्यु भएको हो । टाउको र शरीरको विभिन्न भागमा चोट लागेका मगरलाई स्थानीय मेडिकलमा उपचार पश्चात् थप उपचारको लागि काठमाडौँ स्थित सीतापाइला अस्पताल पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले ठक्कर दिने माइक्रोबसका चालक र माइक्रोबस प्रहरी नियन्त्रणमा रहेको बताएका छन् ।