महिला अधिकारको पक्षधर हुनुहुन्छ त आफ्नै घरबाट शुरु गर्नुहोस् यि ५ पहल !

फाइल फोटो

एजेन्सी, आज दुनियाँ भरीका मानिसहरु अन्तराष्ट्रिय महिला दिवस मनाइ रहेका छन् । यस दिनलाई महिलाहरुलाई सम्मान दिने उदेश्यले मनाइन्छ । साथमा यसले महिला शशक्तिकरणको संदेश पनि पुर्याउँछ । यस दिन विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरुको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरुको उत्सवको रुपमा पनि चिनिन्छ । यस्तैमा यदि तपाइँ पनि महिलाहरुको हित र अधिकारको पक्षधर हुनुहुन्छ  र चहानुहुन्छ कि महिला पनि पुरुषको साथ काँधमा काँध मिलाएर हिड्न सकुन् त सबै भन्दा पहिला आफ्नै घरबाट शुरु गर्नुहोस् ।

आफ्नै घरबाट गर्नुहोस् यि ५ पहल :

लिङ्ग भेदको स्वतंत्रता 

नेपाल मात्र नभएर निकै यस्ता देशहरु छन् जहाँ महिलाहरुले स्वतंत्रताको निम्ति जन्म देखि नै संघर्ष गर्नु पर्दछ । घरमा दाजु-भाईको तुलनामा समान हक-अधिकार र व्यवहार नपाउँदा उनीहरुको मनमा निकै ठेस पुगेको हुन्छ । तपाइँको घरमा पनि यदि यस्तो केहि हुन्छ भनेद आजबाटै संकल्प लिनुहोस् कि तपाइँ यस सोचलाई बदलेर सबैको साथ समान व्यवहार गर्नु हुनेछ ।

आदरको हत्याबाट स्वतन्त्रता

आज पनि देशको निकै भागमा आत्मसम्मान र परिवारको इज्जतको नामले धेरै छोरीहरुको आदर र आत्मसम्मानमा ठेस पुर्याइन्छ । यहाँहरुको जानकारीको लागी समलैंगिकता, प्रेम विवाह, आफ्नो इच्छा अनुसारको रोजाई यस्ता निकै कुराहरुमा प्रतिवन्ध लगाइन्छ । सिधै भन्ने हो भने यसलाई उत्ताउलोपानाको नाम दिइन्छ । यसबाट मुक्त हुनु आजको आवश्यकता हो ।

सपना देख्ने अधिकारको सुनिस्चित 

नेपालमा प्राय युवतीहरुले यस समस्या खेपी रहेका हुन्छन् । यहाँ आमा-वावु आफ्नो छोरीको इच्छा बारे केहि जानकारी नलीइ उनीहरुको भविस्यको लागी आफ्नो इच्छा थोपर्ने गर्दछन् । अझ भन्ने हो भने छोरी मान्छेले धेरै ठुलो सपना देख्न हुँदैन भनि सपनामा पनि बन्देज लगाइन्छ । यो निकै आवश्यक छ कि सबैले आफ्नो इच्छा अनुसारको क्यारियर बनाउन सकुन् । सपना देख्ने अधिकार महिलाको पनि हो । सपनामा बन्देज नलगाऔँ ।

जिवनसाथी रोज्ने स्वतंत्रता 

हाम्रो देशमा आज पनि निकै यस्ता ठाउँहरु छन् जहाँ विवाह गर्ने समयमा महिलाको रोजाईलाई ख्याल राखिँदैन । उनीहरुको विवाह यस्ता व्यक्तिको साथ गरिदिइन्छ जसको बारेमा उनिहरु अनविज्ञ छन् । तर, आज जब प्राय महिलाहरु आर्थिक रुपमा पनि आत्मनिर्भर भइसकेका छन् त उनीहरु आफ्नो इच्छा अनुसार आफ्नो जिन्दगीका अहम् फैसलाहरु लिन चहान्छन् । विवाह कहिले गर्ने, गर्ने कि नगर्ने, को संग गर्ने जस्ता कुराहरु आफैँ तय गर्न चहान्छन् । यो उनीहरुको हक पनि हो । यस प्रति हामी सबैले आफ्नो सोच बदल्नु आवश्यक छ ।

आफ्नो विचार राख्न पाउने अधिकार 

लोकतंत्रमा हर कोहिलाई आफ्नो विचार राख्न पाउने स्वतन्त्रता छ । तर केहि मानिसहरु यस्ता पनि छन् जो यो मान्छन् कि स्वतन्त्रता पुरुषको लागी मात्र हो । यस अन्तराष्ट्रिय महिला दिवसमा आफ्नो घरका महिलाहरुलाई खुलेर आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता दिनुहोस् । यस्तो गर्दा तपाइँले उनीहरुको मनमा आफ्नो लागी अझ बढी सम्मान र प्रेम पाउनु हुनेछ ।

मन परेको कपडा लगाउने स्वतन्त्रता 

समाजमा यत्तिको परिवर्तन आइसक्दा पनि हामी महिलाको कपडा हेरेर उसको चरित्रको अनुमान लगाउँछौँ । हामी जति सुकै शिक्षित भएता पनि आफ्नो सोचमा यति परिवर्तन ल्याउन सकेका छैनौँ कि कपडाले कसैको चरित्रको व्याख्या गर्दैन । महिलाले त्यहि कपडा लगाउन पाउनु पर्दछ जसमा उनीहरु आफुलाई सहज महशुस गर्दछन् ।

आउनुहोस् आज अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिलाहरुलाई खुलेर बाच्ने अधिकार दिँदै यस दिनलाई सार्थक तुल्याऔँ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया