लेखक : नरेश घिमिरे
मलाई वृद्ध भत्ता हैन सरकार बिरामी अस्पताल पुर्याउने ब्यबस्था गरिदे ?
जता ततै सरकार अनि प्रतिपक्ष बिच चलेको जुहारी अनि यहि बिचमा आएको बजेट भासण ले सबैतिर चर्चा चलिरहेको छ, कोहि भन्छन सरकारको बजेट ठिक अनि कोहि भन्छन महत्त्वकान्क्षी बजेट आयो, कोहि भन्छन सरकार ले ३०% तलब बाढाउनु पर्ने कम भयो, कोहि भन्छन वृद्ध भत्ता ५००० पुग्नु पर्ने कम भयो । प्राइभेट जागिर खाने को त सामाजिक संन्जाल तिर नै तलब वृद्धि को त बिरोध गरि रहे, सरकार ले तलब वृद्धि हैन महँगि घटाउनु पर्यो भनिरहे । भन्ने ले भन्दै जान्छ सुन्ने ले न सुने पछि दुई तिहाइ को दम्ब रहेको सरकार को केही हुने वाला छैन पनि । सरकारी कर्मचारी, वृद्ध , एकल महिला बाहेक अरु खुसी खासै भएको देखिएन । बजेट आयो धेरै अर्थबिद विभिन्न टिक्का टिप्पणी पनि गरे तर खासै चित्त बुज्दो टिप्पणी एक अर्का बिच चलिरहेको दोहोरो घोच पेच भन्दा अरु कम देखियो नै ।
सरकार को बजेटको खुसियाली हुने वृद्ध हरु नै सरकार को बजेट सङ्ग सन्तुष्ट न भएका उदाहरण पनि देखियो । काभ्रे कोसिपारी घर भएका ३८ बर्ष का बिरे तामाङ (नाम परिवर्तन) को परिवार मा भने बज्रपात पर्यो । उनी भन्दै छन सरकार वृद्ध भत्ता हैन समयमा अस्पताल पुर्याउने ब्यबस्थापन गरिदे । बजेट भासण ले सबैतिरका वृद्ध हरुलाइ खुसी दियको तर बिरे तामाङ को परिवार भने सोकमा परेको छ । भक्तपुर सुर्यबिनायक बस्दै आयका तामाङ को ७१ पिता गाउमा नै बस्दै आएका थिए । जेठ लागेपछी बिमारी ले च्याप्दै आयपछी उनी उपचारको सिलसिला मा जेठ १४ गते काठमाडौ आए । मजदुर काम गर्दै आएका तामाङ बाबू को उपचारको लागि १५ गते सिभिल हस्पिटल लाने निधो गरे । तर १४ गते राती देखि नै बाबू लाई च्याप्दै गए पनि उनी १५ गते कुर्न बाध्यता थियो नै । आर्थिक हिसाब ले निकै कमजोरी रहेकाले पनि उने १५ गते गाडी मा हालेर आस्पताल जाने निधो गरे । १५ गते अस्पता जान भनी गाडी चढेका उनी १० बजे तिर कोटेश्वर को जाम खान बाध्री भए । कोटेश्वर को जाम झन्डै ३० मिनेट पछि पार गरेर अस्पताल लगेका बाबुलाइ उनले बचाउन सकेनन ।
स्पताल मा डाक्टर ले अलि चाडै ल्याएको भए बचाउन सक्थे कि भन्दा उनी झस्कनु स्वभाबिक थियो । मर्ने कारण जे भए पनि न पढेका ती तामाङ को मनमा पर्ने भनेको अलि चाडो लगेको भए बाच्थे कि भन्ने शब्द नै उनलाइ कत्ती भयानक बनायो । उनी भाबुक बन्दै भने सरकार मलाइ वृद्ध भत्ता हैन समयमा अस्पताल पुर्याउने ब्यबस्थापन गरिदे । म गरिब लाई ३००० नै महत्त्वपूर्ण हो तर बुबा नै रहनु भएन अब जति बढाओस त्यसको मलाई के चासो भोलि मेरो मरणा पनि यस्तै हुने होला । उनी श्रीमती र दुई छोरी सहित भक्तपुर बस्दै आयका छन ।
रकार जति नै महत्त्व कान्क्षी योजना ल्याए पनि के गर्न्नु गरिब ती तामाङ तस्ता को मन जित्न्न सकेन भने । एक दुई को चित्त बाझाउन सकिन्न भन्दा पनि ती गरिब जनता त नेपाली हैनन र ? त्यो तामाङ को भोट त्यहाको जनपर्तिनिधी लाई त हालेको होलानै । जति नै महत्त्व कान्क्षी योजना भएपनी पहिलो प्राथमिकता का साथ गरिब जनता को मन छुनु जरुरत छ । भोलि त्यो बिरे तामाङ को बुबाको जस्तो अरु को मरणा त्यस्तो न होस । सरकार बेलैमा यस्ता सानासाना कुरामा पनि गम्भीर होओस । नेपाली जनाता ले भोलि अर्को बिकल्प न खोजुन ।
लेखक : नरेश घिमिरे
रामेछाप ८ बाबियाखर्क
हाल काठमाडौ