फागुन १५, काठमाडौँ: ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 हेलिकोप्टर दुर्घटना हुनु पहिले तेह्रथुमको चुहानडाँडामा एक सम्मान कार्यक्रममा सहभागी भएका थिए । तेह्रथुमको आठराई गाउँपालिकाले मन्त्री अधिकारीको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा उनी सधै झै मुस्कानका साथ उपस्थित भएका अधिकारी चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै हुनुहुन्थ्यो ।
हेर्नुहोस यस्तो थियो मन्त्री रवीन्द्र अधिकारी उपस्थिती भएको अन्तिम कार्यक्रम फोटोहरु