मध्य दिउँसोमा फेरी भुकम्पको धक्का महशुस, ४.२ म्याग्निच्यूडको पराकम्पन !

काठमाडौँ, हाल नेपालीलाई साना तिना भुकम्पले केहि फरक पर्दैन । यसको त बानि पर्दै गैसकेको छ । आज मंगलबार बिहानै पनि भुकम्पको धक्का महशुस गरिएको थियो ।

त्यस्तै फेरी दिउँसो १ बजेर ५ मिनेटमा दोलखाको चाँखु आसपास केन्द्रविन्दु भई अर्को भुकम्पको धक्का महशुस गरिएको छ । ४.२ म्याग्निच्यूडको पराकम्पन आएको यो नयाँ  भूकम्प नभइ शक्तिशाली ‘गोरखा भूकम्प’कै पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रले ४ म्याग्निच्यूडदेखिमाथिका भूकम्पीय धक्काको विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्ने गरेको छ । भूकम्प मापन केन्द्रका अनुसार यसअघि चैत ४ गते मकवानपुर केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूड र चैत १८ गते दैलेख केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडकै नयाँ भूकम्प गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया