मध्यरातमा ढोकै फोरेर बलात्कार गर्न खोज्ने काँग्रेस नेता पक्राउ !

फाइल फोटो

काठमाडौँ, गंगबु डेरा गरि बस्ने युवतीमाथी बलात्कारको प्रयास गरेको आरोपमा नेपाली काँग्रेस नुवाकोटका नेता रमेश अर्याल काठमाडौँबाट पक्राउ परेका छन् ।

गंगबु डेरा लिएर बस्दि आएकी एक युवतीको डेरामा चैत्र २२ गते शुक्रबार मध्यराती अर्यालले ढोका फोडेर प्रवेश गरी बलात्कारको प्रयास गरेको बताइएको छ ।

यस बारे युवती र छिमेकीले प्रहरीलाई खबर गरेका हुन् । मध्यराति १२ बजे ढोका फोरेर प्रवेश गरी बलात्कारको प्रयास गरेको सूचनाको आधारमा स्थानीयबासीको सहयोगमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत महाराजगञ्जले जनाएको छ ।

प्रहरीका अनुसार अर्याल माथि अनुसन्धान भैरहेको छ र अब अदालतमा मुद्दाको सुनुवाइ हुनेछ । युवतीले अर्यालका साथै नुवाकोटकै राजु श्रेष्ठको नाममा समेत किटानी जाहेरी दिएकी बताइएको छ ।

यता युवतीले अर्यालले आफूलाई कुटपिट समेत गरेको आरोप लगाएकी छिन् भने अर्यालका साथीहरूले अर्याल र पिडित भनिएकी युवती बीच सम्बन्ध रहेको र दुबैबीच खटपट भएपछि बलात्कारको आरोप लगाइएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया