पत्रकारले गरे सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यक्रम मकवानपुरमा पनि बहिस्कार !

g]kfn ;/sf/ dlGqkl/ifbjf6 ePsf] lg0f{ox? ;fj{hgLs ub}{ ;Grf/ tyf ;"rgf k|ljlw dGqL uf]s'n k|;fb jf:sf]6f . tl:a/ M k|bLk/fh jGt,/f;;

हेटौँडा ।  नेपाल प्रेस युनियन मकवानपुरले सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यक्रम आज बहिस्कार भएको छ । प्रेस युनियनले  प्रदेश ३ को राजधानी हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न हेटौंडा आएका सञ्चारमन्त्री बाँस्कोटा सहभागी भएको कार्यक्रमको बहिस्कार गरी  संसदमा दर्ता गराएको मिडिया काउन्सिल विद्येयक विरुद्ध गरेको हो ।

नेपाल सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विद्येयक र संसदमा ल्याउने तयारी गरेको आमसञ्चार विद्येयकका विरुद्धमा मन्त्री बाँस्कोटाको कार्यक्रम बहिस्कार गरिएको नेपाल प्रेस युनियनका अध्यक्ष पोष्टराज अधिकारी कुमारले जानकारी दिए । युनियनको केन्द्रीय कार्यक्रम अनुसार नै  प्रेस युनियनले सञ्चारमन्त्रीको कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए ।

यस अघि युनियन मकवानपुरले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा युनियनका मध्यमाञ्चल संयोजक राममणी दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, युनियनका सचिव केशव समर्पण, महासंघका पदाधिकारी, युनियनका पदाधिकारी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

भिडियो हेरी आफ्नो प्रतिक्रिया दिनुहोस

फेसबुकबाट तपाईको प्रतिक्रिया