भ्रमण भत्ताले स्तानियाको स्वास्थ्य बिमा !

फाइल फोटो

काठमाडौँ, गोरखा पालुङटार नगरपालिकामा विभिन्न शीर्षकमा प्राप्त हुने भ्रमण भत्ताबापतको रकम नगरभित्रका गरिब तथा असहाय वर्गको स्वास्थ्य बिमा गरी उपचारमा खर्चिने मेयर दीपकबाबु कँडेलले बताएका छन् ।

उनि भन्छन्, ‘ नगरभित्रका कुनै पनि नागरिकले पैसा अभावले अस्पतालसम्म जान नसकी रोग पालेर बस्नुपर्ने दिनको अन्त्य गर्ने उद्देश्यले भ्रमण भत्ताले स्वास्थ्य बिमा गर्ने घोषणा गरेको हुँ ।

दुई हजार पाँच सय रुपैयाँको स्वास्थ्य बिमा गरेपछि एक वर्षसम्म ५० हजार रुपैयाँसम्मको उपचार हुने उनले बताएका छन् । यसै कारणले आफुले पाएको भ्रमण भत्ता स्थानीयको स्वास्थ्य बिमामा खर्च गर्न लागेको उनको भनाई छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया