काठमाडौँ / भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता भोलीबाट हुने भएको छ ।प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भई सकेको छ । प्रतियोगिताका लागि रेफ्रि अनुप शाक्यको नेतृत्वमा म्याच कन्ट्रोल एवं अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र अम्पायर केदार धिमाल हिजो सोमबारनै भोजपुर आईपुगेका छन् ।
यस्तै भोली हुने प्रतियोगिताका लागि पूर्वाञ्चलका जिल्लाबाट खेलाडीहरुका साथै भोजपुरका नम्बर एक खेलाडी रत्नजित तामाङ्ग, नविन श्रेष्ठ, पविन लिनथेप, पेम्बा शेर्पा, दिबश संकर, सुजन श्रेष्ठ, प्रनिश सिंह ठकुरी पनि भोजपुर आईपुगेका छन् । यस्तै भोजपुरमै रहेकी महिला नम्बर एक खेलाडी नङ्गशल तामाङ्ग, धेरै लामो समय देखि धरायसी कारण प्रतियोगितामा उपस्थित हुन नसकेका पूर्व राष्ट्रिय खेलाडी विवेक श्रेष्ठ, बिशाल तामाङ्ग लगायत खेलाडीहरु आफ्नै स्थानमा प्रतियोगिता हुन लागेको र सहभागिता जनाउन पाउने कारण हर्षित भएका छन् । धेरै लामो समय देखि घरायसी कारणले प्रतियोगितामा सहभागिता जनाउन नपाईरहेको अवस्थामा आफ्नै जिल्ला त्यसमाथि आप्mनै घर नजिक प्रतियोगिता हुन लागेकोले आफ्नो खेल कौशलता प्रदर्शन गर्न पाउँदा निकै उत्साहित भएको छु खेलाडी विवेकले बताए ।
राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठको नेतृत्वामा राष्ट्रिय च्याम्पियन बिवेक श्रेष्ठ, नविन श्रेष्ठ राष्ट्रिय खेलाडीहरु सहित उर्जासिल युवाहरु सम्मिलित निर्वाचित जिल्ला संघले पहिलो पटक जिल्लामा यति ठुलो प्रतियोगिता आयोजना गर्न गईरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका साथै सरादेवी तामाङ्ग, बिकास श्रेष्ठ, नङ्गशल तामाङ्ग, विवेक श्रेष्ठ, रत्नजित तामाङ्ग, नविन श्रेष्ठ जस्ता राष्ट्रिय च्याम्पियनहरु उत्पादन गरेको भोजपुरमा ठुला प्रतियोगिताहरु नभईरहेको अवस्थामा यस ब्याडमिन्टन प्रतियोगिताहरुले खेलाडी उत्पादनमा निकैनै सहयोग पुग्ने भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले बताए । भोजुरमा खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यले हामीले पहिलो पटक जिल्ला भित्रका मात्रै यु १३ को ब्वाईज र गल्र्सको प्रतियोगिता गर्न गईरहेका छौ । साना खेलाडीहरुलाई ब्याडमिन्टन खेल प्रति उत्साहित गर्दै भोजपुरमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले यु १३ को ब्वाईज र गल्र्सको प्रतियोगितालाई पनि समावेस गरेका छौं । यसले खेलाडी उत्पादनमा सहयोग पुग्नेमा म बिश्वस्त छु अध्यक्ष श्रेष्ठले भने ।
सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पस प्राङ्गणमा रहेको भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु – १७ र यु – १३ ब्वाईज तथा गल्र्स, गरि ९९ खेलाडीहरुले कुल ७ बिधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
पूर्व राष्ट्रि«य च्याम्पियन बिकास श्रेष्ठको नेतृवमा राष्ट्रिय च्याम्पियन र युवाहरु सम्मिलित जिल्ला संघले भोजपुरको मान सम्मानलाई उच्च बनाउने जुन उद्धेश्य लिएर अगाडी बढे त्यसलाई आफु पनि युवा र ब्याडमिन्टन खेलाडी भएका कारण युवाहरुको उत्साहलाई समर्थन गर्ने उद्धेशयले प्रतियोगितालाई प्रायोजन गर्ने निधो गरेको हुँ मेयर कैलाश कुमार आलेले बताए ।
करिब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शिर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शिर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यु – १७ ब्वाइज तथा गल्र्स तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यु १३ का खेलाडीहरुलाई प्रोत्साहन स्वरुप शिर्ष तीनका खेलाडीहरुले नगद ५ हजार, ३ हजार र १५ सय सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
प्रतियोगितालाई भोजपुर नगरपालिकाले ७ लाख सहयोग गरेको छ भने अन्य खर्च विभिन्न संघ संस्था, देश तथा बिदेशमा रहेका ब्याडमिन्टन खेल प्रेमीहरुको सहयोग रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए । प्रतियोगतालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने छ ।