काठमाडौँ, आन्द्र प्रदेशमा भोकमरी र कुपोषणका कारण एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त दुर्घटना प्रदेशको अनन्तपुर जिल्लामा भएको हो ।
दैनिक ज्याला मजदुरी गर्दै आएका एक दम्पतीले छोड्दा यी बालक बेसाहारा भएका थिए । दुई बालक ३ वर्षीय सन्तोष र उनकी २ वर्षीया बहिनी वेन्नेला रहेका छन् ।
सानीआमा नागमणिसँग कादीरी मन्डल भन्ने ठाउँको कुमारवन्दलपल्ले गाउँमा बस्दै आएकी बालिका वेन्नेलाको आइतबार मृत्यु भएको रिपोर्टले जनाएको छ ।
ति बालबालिकाका आमाबाबु करिब दश वर्ष पहिले कर्नाटक चिकबल्लापुर जिल्लाबाट मजदुरी गर्नको लागि कादिरी आएका थिए । आफ्ना सन्तानलाई छोडेर उनीहरु कहाँ गए भन्ने बारे यहाँ कसैलाई थाहा छैन।
करिब ६ महिना अघि मात्र ३ वर्षका छोरा सन्तोषको भोकमरीको कारण मृत्यु भएको थियो ।