भूकम्प बारे गृहमन्त्रालयले गर्यो यस्तो ट्विट !

फाइल फोटो

काठमाडौँ, आज वैशाख ११ गते बुधबार एका बिहानै दुई पटक काठमाडौँमा भुकम्पको धक्का महशुस गरिएको छ । बिहान ६ बजेर २९ मिनेटमा तथा ६ बजेर ४० मिनेटमा धादिङको नौविसेलाई केन्द्रबिन्दु बनाएर १२ मिनेटको फरकमा गएका भूकम्पको पराकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो प्रारम्भिक सूचनाका आधारमा हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको ट्वीटर मार्फत जनाएको छ । ट्वीटरमा ट्विट गरिएको छ, ‘ अहिले बिहान धादिङ नौबिशे केन्द्रबिन्दु बनाएर गएको दुबै भुकम्पबाट कुनै क्षति भएको जानकारी आएको छैन । भुकम्प मापन केन्द्रले यी Aftershocks हुन भनेको छ । ‘

राष्ट्रिय भूकम्प मापन केन्द्रले १२ मिनेटको फरकमा गएका दुई मध्ये पहिलो भूकम्पको धक्का ५.२ र दोश्रो ४.३ म्याग्निच्यूडको भएको जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया