एजेन्सी, नन्हे रेयान नाम गरेका एक ७ बर्षीय बालकले युट्युबको मध्यमबाट २ अर्ब ४७ करोड कमाई गरेका छन् । झट्ट सुन्दा विश्वास नलाग्ने यस कुरा सत्य हो । सन् २०१५ मार्चमा टोयजरिभ्यू नामको युट्यूब च्यानल शुरु गरेका रेयानको भिडियो अहिले भाइरल भैरहेका छन् ।
हरेक हप्ता खेलौनाको रिभ्यू गरेर युट्यूबबाट राम्रो आम्दानी गर्ने रेयानको च्यानलको भिडियोलाई करोडौं मानिसले हेर्ने गरेका छन ।उनको एक भिडियो मै ९० करोड बढी भ्युज आउने गरेको छ ।यस च्यानलले २०१५ को शुरुवातको छोटो समयमा नै सन २०१६ को जनवरीमै १० लाखभन्दा बढी सब्सक्राइबर्स पाइसकेको थियो ।
यस च्यानललाई हालसम्म १६ अरबभन्दा बढी मानिसले हेरिसकेका छन् भने अहिले यसको एक करोड बढी सब्सक्राइबर्स छ । उनलाई सन २०१७ मा फोब्र्स म्यागाजिनले अधिक भुक्तानी पाउनेको सूचीमा राखेको थियो ।हेर्नुहोस् एक भिडियो