भालुको आक्रमणबाट आज बिहान तनहुँमा एक जना घाइते भएका छन् । घाइते हुनेमा भानु नगरपालिका–१३, खड्कागाउँका ६० वर्षीय चिजबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालयुले जनाएको छ ।
घर नजिकैको कुखुरा फार्ममा आएको भालु धपाउन खोज्दा कुँवरलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट कुँवरको दायाँ खुट्टा र हातमा चोट लागेको छ । घाइते कुँवरको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
पछिल्लो समय भानु नगरपालिका क्षेत्रमा भालुको आतङ्क बढेको छ । गत कात्तिक महीनामा समेत भालुको आक्रमणबाट भानु नगरपालिका–११ खाल्टे निवासी ४८ वर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए ।