काठमाडौँ, सात करोड रुपैयाँ लागतमा बनेको ठोरीस्थित ठुटे खोलाको पुल भारतीयको अवरोधका कारण सञ्चालनमा आएको छैन । उक्त पुल ‘सेल्फी स्पट’ मा सिमित छ ।
यस समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा लेखिएको छ । उक्त पुलमा सवारी साधन गुड्न नपाएता पनि आन्तरिक एवम् भारतीय पर्यटक सेल्फी र फोटो खिचेर रमाउने गर्दछन् ।
वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने पुलले ठोरी गाउँपालिका २ र ३ लाई जोड्दछ । स्थानिय अम्बिका लामिछानेका अनुसार यस पुल पर्यटकका लागि सेल्फी लिने स्थल बनेको छ । यहाँ दैनिक पर्यटकको भिड लाग्ने गर्दछ ।