भारतको मुम्बईबाट आएर क्वा’रेन्टिनमा रहेका एक पुरुषको मृ’त्यु

परासी, १४ असार /  नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वा’रेन्टिनमा रहेका एक जनाको मृ’त्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वा’रेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृ’त्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।

उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृ’त्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले मृ’तक पुरुषमा कोरोना भाइरस स’ङ्क्रमण भए नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने बताउनुभयो ।

रामपुर : रामपुर नगरपालिका–४ सदावर्तमा करिव ५५ वर्षीय पुरुष मृ’तावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । कार्यालय प्रहरी निरीक्षक भीमबहादुर कार्कीको नेतृत्वको टोलीले सो घ’टनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
–––

फेसबुकबाट तपाईको प्रतिक्रिया