काठमाडौँ, भारतमा चक्रवात आँधीको त्रास भएसंगै यसले नेपाललाई कत्तिको प्रभाव पार्ला त भन्ने विषय हाल नेपालीको पानो चासोको विषय बनेको छ ।
‘ फेनी ‘ नाम दिइएको उक्त आँधीले नेपाललाई प्रभाव पर्छ कै पर्दैन भन्ने चासो र चिन्ता व्यक्त भइरहँदा मौसमविदले आँधीको सम्भावना नेपालमा तत्काललाई नरहेको जनाएका छन् ।
उनि भन्छन्, ‘ हामीले फेनी कतातिर जान्छ भनेर डिरेक्सन (बाटो) पछ्याइरहेका छौं । शुक्रबारको अन्त्यतिर पूर्व र मध्य नेपालमा हल्का असर देखिए पनि फेनी आँधीको सम्भावना नेपालमा छैन । फेनीबाट हामी डराउनु पर्दैन । ‘
साथै मौसम पूर्वानुमान महाशाखाले तिन दिनको मौसम मौसमी भविष्यवाणी सार्वजनिक गरेको छ । आगामी तिन दिनको मौसम यस्तो रहनेछ :
आज वैशाख १८ गते बुधबार
आज देशभर आंसिक देखि सामान्य बदलि रही पश्चिमी भूभागका साथै पुर्बी र मध्य पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ भने राती हावाहुरी सहित वर्षाको संभावना समेत रहेको छ ।
वैशाख १९ गते बिहिबार
भोली देशभर आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।
वैशाख २० गते शुक्रबार
पर्सी देशभर आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।