भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो र? : राजेन्द्र महतो !

फाइल फोटो

काठमाडौँ, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता तथा सांसद राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग लिँदै सरकारले ल्याएको नीति तथा कार्यक्रमको बुँदा ७ प्रति आपत्ति जनाएका छन् ।

उनले बुँदा ७ मा संविधानको सर्वस्वीकार्यतामा अब विमती छैन उल्लेख गरेकोमा त्यो सच्याउनुपर्ने माग गरेका छन् । उनले यस वाक्य प्रति आपत्ति जनाउँदै संविधान संशोधनका लागि संसदमै मतदान भए पनि बहुमत नपुगेर पास नभएको, ६ महिनासम्म नाकाबन्दी भएको, थरुहट आन्दोलन भएको स्मरण गर्दै संविधान संशोधन नगर्ने नियतले सरकारले उक्त वाक्य प्रयोग गरेको बताएका छन् ।

उनले भने, ‘ भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो र ? जे मनलाग्यो त्यही लेखिदिने ? तर भाङ खाएर त थोडी लेखिन्छ तर यहाँ त्यस्तै देखियो । ‘

साथै उनले संविधानको सर्वस्वीकार्यतामा अब विमती छैन भनेर लेख्नुमा संविधान संशोधन नगर्ने नियत देखिएको बताएका छन् । उनि भन्छन्, ‘ संविधानलाई बाइवल, गीता, महाभारत बनाउन खोज्या हो र ? संशोधन नगर्ने हो भने संविधान गइहाल्छ । बाइबाइ भइहाल्छ । ६ वटा संविधान गयो, यसलाई पनि जान दिने हो ? ‘

नीति तथा कार्यक्रम शाही संबोधनकै शैलीमा आएको भनि विरोध गर्दै उनले भने, ‘ श्री ५ को सरकार हुँदा पो मेरो सरकार । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया