भाईको चिरपट हानी हत्या

नुवाकोटको पञ्चकन्या गाउँपालिका–५का बलराम सिटौलालाई प्रहरीले आफ्नै भाईको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । उनले भाई लक्ष्मण सिटौको हत्या गरेको प्रहरीले जनाएको छ । ३५ वर्षीय लक्ष्मण कात्तिक २५ गते बाट हराई रहेका थिए ।

हराएको केहि दिन पछि शनिवार उनको शव वनगाउँको महादेवखोलामा फेला गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाए पछि उनलाई प्रक्राउ गरीएको बताए ।

उनलाई अदालतबाट कर्तव्य ज्यान मुद्दा अभियोगमा अनुसन्धानका लागि ३ दिन म्याद लिएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको हो । मृतक लक्ष्मणको पछाडितर्फ टाउको, कम्मर, ढाडमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य विवाद हुदा आफुले चिरपट हानी हत्या गरेको दाजु बलारामले स्वीकारेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया