भरतपुर । भरतपुर महानगर पालिकाको मतगणना जारी रहेको छ । पछिल्लो मतगणनाअनुसार दाहाललाई ९० मतको अग्रता छ ।
एमालेका विजय सुवेदीले ६०८० मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६१७० मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३००६ मत पाएका छन् ।
यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ७५२४ मतका साथ अग्रता बनाइरहेका छन् । यो वार्डमा वडाध्यक्षमा भने कांग्रेसका युद्ध श्रेष्ठ र पदमपाणी सुवेदीबीच कडा टक्कर देखिएको छ । वडा न ५ मा १२१७ मत गणना हुँदा श्रेष्ठले ५३३ र सुवेदीले ५३० मत प्राप्त गरेका छन् ।







