आलोक यादव / सिरहा ,२०७५ पौष १ गते ।
भन्सार छली गरेर भारत बाट नेपाल तर्फ ल्याउदै गरेको एक लाख १८ हजार ६ सय बराबरको सामान सिरहा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँचको क्रममा भन्सार छली अबैध रुपमा भारत बाट नेपालतर्फ ल्याउदै गरेको अबैध सामानहरु प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले अनिक दुध पाउडर ६०० पाकेट, इलाइची चक्लेट ४ पाकेट, कागजको प्लेट १५ पाकेट, कोकोनेट चक्लेट २४ पाकेट, गुल पाउडर २५ पाकेट, जिरा ३० केजी, जिरा पाउडर १० पाकेट, ड्रिमक्रिम चक्लेट २० पाकेट, ड्रिमलाइट बिस्कुट ३ कार्टुन, नागाजी तेल ७ कार्टुन, मसाल तेल २ कार्टुन, मेथी ९९ पाकेट, राकेस आमचुर पाउडर २२ पाकेट, राकेस काली मिर्च ११ पाकेट,
राकेस क्वीन मसला ३४ पाकेट, राकेस गरम मसला ५२ पाकेट, राकेस चाट मसला २२ पाकेट, राकेस चिल्ली पाउडर ४२ पाकेट, राकेस छोला मसला ११ पाकेट, राकेस मिट मसला २२ पाकेट, राकेस सब्जी मसला १३८ पाकेट, रासायनिक मल ६ बोरा, विनयजी निम्की ६० पाकेट, सेतो तिल ३० केजी रु एक लाख १८ हजार ६ सय बराबरको अबैध सामान प्रहरीले बरामद गरिएको र उक्त बरामद भएको सामानहरु जिल्ला भन्सार कार्यालय माडर बुझाईएको छ , जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डि एस पि माधव राज खरेर ज्युले जानकारी दिनु भयो ।