भन्सार छलि नेपाल ल्याउँदै गएको लाखौंको हाडवेयर समान बरामद

पब्लिक आवाज /आलोक यादव

सिरहा , माघ २० गते । सिरहा प्रहरीले भन्सार छलि नेपाल ल्याउँदै गरेको लाखौं बराबरको अबैध हाडवेयर सामान बरामत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिराह बाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको दसलाख बराबरको हाडवेयर सामान बरामद गरेको हो ।

बरामद गरिएको समान भन्सार कार्यालय ठाडी बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपि धव राज खरेलले पब्लिक आवाजलाई जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया