आलोक यादव , ८ बैशाख । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न मिति र समयमा बिभिन्न स्थानबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएका मुल्य रु. ८,३२,०००।- बराबरको बिभिन्न रेडिमेड कपडा ,कस्मेटिक माल समान, जुत्ता चप्पल, किराना समानहरू, हार्डवेयरका सामानहरू र उक्त मालसमान ओसारपसार गर्न प्रयोग गरिएका मोटर साईकल थान-१२ समेत बरामद गरी बरामद भएका मालसमानहरू भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाईएको प्रहरीले जानकारी दिए ।