भक्तपुर। भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ। सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि बज्रिदा तीन जनाको मृत्यु भएको हाे भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।
कामाडौंबाट भक्तपुर आइरहेको बा२ख ३५८४ नम्बरको मिनीबस र बा६१प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उनले बताए । उनका अनुसार गाडीमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रुहरु थिए।
पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उनले जनाए । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ । घटना आइतबार दिउँंसो १२ बजेतिर भएको हाे।