काठमाडौँ, आज सोमबार बिहान ९:३० मा ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा एक पैदलयात्री ठक्कर दिँदा उनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बोलेरो पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको थियो । मृत थापाको आज जन्मदिन रहेको थियो । उनलाई विद्यालय जाने क्रममा बोलेरोले ठक्कर दिएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना पश्चात विद्यार्थी र स्थानियवासीले सडक अवरुद्ध गरेका छन् ।