काठमाडौँ, काठमाडौंको तीनकुनेस्थित एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने विशाल तामाङ पक्राउ परेका छन् ।
मंगलबार राति सवा ८ बजे बैंकको तीनकुने शाखा कार्यालयमा रहेको एटीएम मेसिन फोडेर रकम चोरी गर्न लागेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय तामाङबाट प्रहरीले एटीएम मेसिन फुटाउन प्रयोग गर्ने एक थान हतौंडा, फलामको छिनो र मार्तोल समेत बरामद गरेको छ।
घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएका छन् ।