बेईजिंग कन्सेन्ससः चिनियाँ विकासको नीति

 

 

लेखक :चक्र प्रसाद ढुंगाना 

बेईजिंग कन्सेन्ससः चिनियाँ विकासको नीति

चिनको आर्थिक वृद्धिको कथा विश्वका अन्य देशको कथा भन्दा फरक रहेको छ । चीनले अवलम्बन गरेका नीतिहरु विशेष, व्यापक र आफ्नै प्रकृतिका रहेका छन् । विश्व आर्थिक विकासको ईतिहासमा यति ठुलो मात्रामा अन्यत्र कहि कतै प्रगति भएको छैन । त्यसैले चिनको आर्थिक विकासको परिघटनालाई आर्थिक चमत्कारका रुपमा लिईन्छ । यसबाट दशकौ सम्म दोहोरो अंकको आर्थिक वृद्धि हासिल भई संसारको गरिवतम राष्ट्र्बाट दासा्रे ठुलो अर्थतन्त्रमा रुपान्तरण हुनपुग्यो । यसको लागि चिनले अवलम्बन गरेका नीतिहरु चीनका लागि मात्रै सफल हुन कि बाँकी विश्वका लागि पनि उत्तिकै महत्वपुर्ण छन् ? के यस्ता नीतिहरु साच्चिकै विश्वमा निर्यात लायक छन् ? के यस्ता नीतिहरुले विश्व अर्थ व्यवस्थामा बैकल्पिक आर्थिक प्रणालीका रुपमा काम गर्न सक्दछन् ? यिनै कुराहरुको बारेमा अध्ययन गर्ने प्रयाश गरिएको छ ।
१९७८ बाट चिनले आर्थिक सुधारका कार्यक्रमहरु शुरुवात गरेको पाईन्छ । उक्त समय भन्दा अगाडी चिनको अर्थतन्त्र संसारको एक निर्धन अर्थतन्त्रका रुपमा रहेको थियो । तत्कालिन चेयरमेन माओ जेदोंगका नीतिले चीनलाई एक जड अर्थतन्त्रका रुपमा राखेको थियो । बाह्य संसारमा आर्थिक क्षेत्रमा धेरै प्रगति भई सकेको थियो । तर चिनको आन्तरिक आर्थिक स्थिति दयनिय थियो ।

१९५७ मा माओले चिनलाई दु्रततर गतिमा औद्योगिकरण गर्नका लागि Great Leap Forward नामक अभियानको शुरुवात गरे । यसको मुख्य उदेश्य कृर्षिको उत्पादकत्व बढाई यसबाट औद्योगिक विकासलाई टेवा पुर्याउने उदेश्य थियो । उनले कृर्षि उत्पादन र आर्थिक विकासलाई एक आपसमा जोड्ने प्रयास गरे । कृर्षि उत्पादनका लागि कृषकलाई न्यूनतम उत्पादन पमिाण तोकि दिए । यस्ता परिमाणहरु कपोलकल्पित थिए । त्यसैले कृषकहरुले उक्त परिमाणको कृर्षि उत्पादन गर्न सकेनन् । किनकी चिनको कृर्षि उत्पादन प्रणाली परम्परागत थियो । सरकारले सरकारी श्रोत साधनलाई हेभि उद्योगमा लगानी गर्यो । कृर्षि क्षेत्रमा लगानी शुन्य हुन गई कृर्षि उत्पादन घट्न गयो । यसबाट चिनमा खाद्यान्नको अभाव हुन गयो । १९५९ मा भोकमरी शुरु भयो । यसबाट करिव १.५ करोड देखि ४ करोड सम्म मानिस मरेको अनुमान गरिन्छ । त्यसैले  Great Leap Forward लाई चिनको ईतिहासमा एक संकटको रुपमा लिईन्छ ।
Great Leap Forward को व्यापक असफलता बाट माओको आफ्नो शासनलाई थप मजदुत वनाउन सांस्कृतिक क्रान्तीको घोषणा गरे । यसको मुख्य उदेश्य चीनको समाजमा रहेका पुँजीबादी र पुजीँवादका अवशेषहरुलाई पुर्ण रुपमा निर्मुल पार्नुु थियो । यस क्रान्तीका दौरान आफ्ना विरोधी, पुजीबादी विचार धाराका व्यक्तिहरुलाई सफाया गरियो । ठुलो बौद्धिक वर्गको नास गरियो । यसरीGreat Leap Forward / Cultural Revolution   ले चीनको अर्थतन्त्रलाई क्षत विक्षत बनायो । चिन एक गरिवतम राष्ट्र्मा रुपान्तरण हुन पुग्यो ।

सन् १९७६ मा माओको निधन भयो । १९७८ मा चीनको राजनीतिमा देङ्ग सियाओ पिङ्गको उदय भयो । उनैले चिनको आधुनिक अर्थव्यवस्थाको उन्नयनमा महत्वपुर्ण भूमिका खेले । देंग माओका विचारसंग पुर्णतया असहमत थिए । उनले पुजिलाई राष्ट्र्रियतासंग जोड्न नहुने विचार व्यक्त गरे । उनका अगाडि ततकालिन चिनमा समृद्धिको विजारोपण गर्ने बा गरिवीलाई बढावा दिने विकल्पहरु थिए । उनले समृद्धिलाई हासिल गर्ने विकल्प रोजे । उनको यस नीतिबाट चिनले आगामी दुई दशक सम्म दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्यो । र एक समृद्ध राष्ट्र्का रुपमा रुपान्तरण हुने आधार तयार गर्यो ।

१९७६ पछि आर्थिक सम्वृद्धिको यात्रा शुरुवात भयो । आर्थिक सुधारमा खुल्लापनको नीतिहरु अगाडि सारिए । निजी व्यवसायलाई स्वायत्तता प्रदान गरियो । बाह्य खुल्लापनलाई पनि संगसंगै आत्मसाथ गरियो । यसबाट लगानीको बाताबरण निर्माण भई उद्यमशिलता विकास भयो । र निजी उद्योगको तिव्रतर विकास हुन पुग्यो ।
यस विचमा विश्वमा घटेका विभिन्न घटनाहरुबाट चिनले सिक्ने प्रयाप्त अवसर पायो । खासगरी सोभियत रुसमा सुधारका लागि मिखाईल गोर्वाचोभले शुरु गरेको परेस्त्रोईका तथा ग्लास्नोष्क जस्ता नीतिहरुले सोभियत संघको विघटन हुन पुग्यो । उक्त नीतिहरुको विफलताबाट चिनले राजनीतिक रुपमा सुधार भन्दा पहिला आर्थिक सुधार गर्नु पर्दछ भन्ने पाठ सिक्यो । यसबाट सुधारहरु Gradual हुनु पर्दछ नकी Big Bang   भन्ने निष्कर्ष पनि निकालियो । त्यसैले चिनले सर्बपथम आर्थिक सुधारका नीतिहरु अवलम्बन गरियो । राजनीतिक सुधारलाई थाति राखियो ।
१९९० को दशकमा दक्षिण पुर्वि एसियाली र पुर्वि एसियाली देशमा आएको वित्तिय संकटबाट चिनले पाठ सिक्ने अवसर प्राप्त गरयो । उक्त देशहरुमा बैंक तथा वित्तिय क्षेत्रमा सरकारको नियन्त्रण र नियमन कमजोर हुनुले उक्त वित्तिय संकट आएको थियो । यसरी बैंक तथ वित्तिय क्षेत्रलाई पुर्णतया निजि क्षेत्रमा छाड्न नहुने नीति पनि अख्तियार गरियो ।

यस्तै आर्थिक ईतिहासको दौरानमा चीनको आर्थिक नीतिहरुमा चिनीया आर्थिक मोडेलको विकास हुन पुग्यो । यस्तो विशेष आर्थिक मोडेल लाई केही अर्थशास्त्रीहरुले Beijing Consensus का नाम दिए । तर चिनले कहिल्यै पनि आफ्नो आर्थिक नीतिलाई एक विशेष मोडलका रुपमा व्याख्या गरेन । अमेरिकन अर्थशास्त्री Josuwa Copper Rehno ले बेईजिंग कन्सेन्सस (Beijing Consensus )नाम दिएका थिए ।
अर्थतन्त्रका सर्वोच क्षेत्रहरुमा सरकारको प्रत्यक्ष संलग्नता हुने नीति चिनिया विकासको नीति हो । सरकारले आस गरी बैंक तथा वित्तिय संस्था माथि पुर्ण नियन्त्रण गरेको छ । रणनीतिक महत्वका क्षेत्रहरु मा सरकारी लगानीलाई नै प्राथमिकता दिईएको छ । अर्थतन्त्रका महत्वपुर्ण क्षेत्रमा मात्र सरकारले नियन्त्रण राख्ने बांकी सबै क्षेत्रमा निजी क्षेत्र र वजारलाई छोडिदिने ।

अर्थतन्त्रका क्षेत्रमा निजी क्षेत्रलाई आकर्षण गेर्ने नीति भए तापनि राजनीतिक क्षेत्रमा सुधारको मार्ग अवलम्बन गरिएको छैन । एक दलिय शासन व्यवस्थामा स्थिरता रहने भएकाले आर्थिक नीति तथा कार्यक्रमहरु पुर्वानुमानयोग्य रहेका छन् । आर्थिक पक्षलाई राजनितिक पक्षबाट टाढा राखिएको छ ।
चिनियाँ विकासको अर्को नीति भनेको विदेशका रुणनीतिक स्थानहरुमा सरकारी तथा निजी लगानीलाई प्रोत्साहन गर्नु पर्ने रहेको छ । वि रा आई पनि रणनीतिक लगानीको एक हिस्सा हो । खास गरी आफ्नो ठुलो उत्पादनमुलक उद्योगका लागि कच्चा पदार्थहरुको उपलब्धतालाई सुनिश्चितता प्रदान गर्ने उदेश्यले चिनियाँ लगानी विदेशमा विस्तार भई रहेको छ । साथै उर्जाको उपलब्धता र रणनीतिक मार्गको सुनिश्चितताको लागि हाल चिन अफ्रिकाको दौडमा रहेको छ ।
चिनिया विकासमा अर्को नीति भनेको विदेशी पुजी र प्रविधिलाई स्वागत गर्नु हो । खास गरी हालका वर्षहरुमा प्रविधिलाई भित्र्याउनु रहेको छ । पश्चिमाहरुको सयौ वर्षको उपलब्धीलाई केही वर्षमा आत्मसाथ गर्ने गरी प्रविधि मा लगानी गर्नु पर्ने आवश्यकतालाई पहिचान गरिएको छ ।

चिनले भर्खरै रिफर्म र खुललापनको ४० औं वार्षिकी मनाएको छ । १९७८ मा तत्कालिन सर्बोच्च नेता देङ्ग सिआयो पिंगले वन्द समाजबादी अर्थ प्रणालीको सट्टा खुल्लापन र बैदेशिक लगानीलाई सुधार गरे । उनको खुललापनको युगको शुरुवातले माओको जर्जर आर्थिक प्रणालीलाई आमुल परिवर्तन गर्यो । उनले विरालोको महत्व तव सम्म हुन्छ जवसम्म त्यसले मुसा मार्दछ । विरोलोको रंगका आधारमा त्यसको मुल्यांकन गर्न नहुने भनी स्वदेशी र विदेशी पुँजी विचमा पनि विभेद गर्न नहुने विचार व्यक्त गरे । पुजिको काम उत्पादन र रोजगारी सिर्जना हो । यसको उत्पत्तिका आधारमा यसलाई विदेदीकरण गर्न नुहने विचार व्यक्त गरी विशेष आर्थिक क्षेत्रहरुको स्थापना र वैदेशिक लगानीलाई प्रोत्सान गरियो । सोही सुधारको जगमा आज चिन विश्वको आर्थिक महाशक्ति का रुपमा उदाइको छ । आज विश्वमा सबैभन्दा बढी विदेशी मुद्राको संचिति भएको, सबै भन्दा ठुलो निर्यातक र दोसा्रे ठुलो अर्थको रुपमा रहेको छ । आजको चिनले विश्व अर्थमा १८।२ प्रतिशतद हिस्सा ओगटेको छ भने सुधारको शुरुवातमा १९७८ मा १।८ प्रतिशत हिस्सा ओगटेको थियो ।
चिनको विकासका प्रमुख रणनीतिहरु

१. Crossing the River by Feeling the Stone
हरेक नीतिहरुलाई समग्रमा लागु नगर्ने, नयाँ नीतिहरुमा रिस्क बढी हुने हुँदा त्यसलाई निश्चित स्थानमा मात्र लागु गर्ने, प्रयोगको आधारमा त्यसबाट सकारात्मक रिजल्ट आएमा त्यसलाई संस्थागत तवरमा राज्यले आफ्नो नीतिका रुपमा समावेश गन, पाईलट वेसिसमा अध्ययन तथा प्रयोग गरी अन्यत्र प्रयोग विस्तार गर्ने ।
२. विशेष आर्थिक क्षेत्रको नीति
सेन्झेन आज भन्दा करिव ४० वर्ष अगाडि एउठा सामान्य माझिको गाँउको रुपमा रहेकोमा आज विश्व कै एक प्रमुख उत्पादन गृहको रुपमा उदाएको छ । सिलिकन भ्यालिको उपमा पाएको छ । यो सबै विशेष आर्थि कक्षेत्रकै विकासको कारणले भएको हो । बैदेशिक लगानी आकर्षणको केन्द्र, ससाना गाँउहरु आज विश्वको उत्पादन केन्द्रका रुपमा रहेका छन् । उत्पदान बढावा, प्रविधि हस्तान्तरण, औदोगिक वातावरण निर्माण गर्ने नीति अवलम्बन गरिएको छ । हरेक परियोजनाहरु पाईलटको रुपमा लागु गर्ने प्रचलन छ । ३. शासन व्यवस्थामा सुधार समस्या समाधान रणनीति लागु गरिएको छ । सुधार र प्रतिस्पर्धात्मक स्थानिय शासन प्रणाली लागु छ । कर्मचारीतन्त्रको सुधारका लागि आन्तरिक प्रतिवेदन प्रणालीको विकास गरिएको छ । सरकारी कर्मचारीका लागि बढुवा र लाभहरु कार्यसम्पादनसँग जोडिएको छ ।
४. विकास रणनीति
निर्माण र उत्पादनमा जोड दिईएकोछ न कि विचारधारामा । विचारधारामा हेर्दा ईगालिटेरियन कम्युनिष्ट प्रणालीमा विश्वास राख्ने शासकिय प्रणाली भएता पनि व्यवहारमा आर्थिक असमानता बढेको छ । तथापि राज्यले कुनै हस्तक्षेपकारी नीतिहरु ल्याएको छैन । किनकी उत्पादनमा जोड दिएको नकी विचारधारामा । राजनतिकि सहाभागितालाई महत्व दिएको छैन । तर आधारभुत सुविधाको हकमा सरकारले जनतालाई उपलब्ध गराएको छ ।
५. निर्यात प्रवद्र्धन रणनीति
निर्यातका लागि चाहिने पुर्वाधार तयार गरियो । निर्यातमा रहेका कर उन्मुक्ती प्रदान गरियो । विशेष आर्थिक क्षेत्रमा बैदेशिक लगानी प्रोत्साहन गरियो । निर्यात अनुदानको कार्यान्वयन संचालित छ ।
६. सि जिनपिंग युग

.०१३ देखि हाल सम्मको नविनतम युग
.आर्थिक उदारिकरणमा बढी जोड दिईएको छ । ड्ड चाईनिज विशेषतायुक्त सामाजबादी प्रणालीको व्यापक प्रचार गरिएको छ ।
.सरकारी भुमिका र खुल्ला वजार विचको भुमिकामा विवाद कायमै छ ।
.सि जिन पिंगको असिमित कार्यकालले राजनीतिक प्रणालीमा सुधारको संभावनामाथी कुठाराघात भएको छ ।
.आन्तरिक वजारकामा माग वृद्धि, सेल्फ रिलायन्स नीति, पुर्वाधारमा ठुलो लगानी नीति, विदेशी राष्ट्र्मा रणनीतिक लगानी, व्यापार युद्ध, अर्थतन्त्र र राजनीतिक प्रणालीमा शान्तिपुर्ण एकिकरण र पाईलट परियोजनाहरु व्यापक लगानी गर्ने नीति सि जिंग पिंगले लिएको पाईन्छ ।
चिनको वर्तमान विकास रणनीतिमा असंगतिहरु
१. राजनितिक विचार धारा र अर्थतन्त्र विचको विवाद
शासन सत्ता संचालन चिनिया कम्युनिष्ट पार्टिको हातमा रहेको छ । त्यसैले यो एक साम्यवादमा विश्वास राख्ने सत्ता हो । तर शासकिय सत्ताको विपरित चिनिया अर्थतन्त्र निजी व्यक्तिहरुको हातमा रहेको छ । राजनतिले समानताको सिद्धान्त अवलम्बन गरे पनि अर्थतन्त्रले त्यस्तो बाटठो लिएको छैन । चिनिया अर्थतन्त्त प्ूुजिवादमा आधारित रहेको छ । यसले आर्थिक असमानता बढी रहेको छ ।

२. ग्रामिण र शहरिया अर्थतन्त्रको विभेद
चिनिया अर्थतन्त्र र सामाजिक आर्थिक जिवन ग्रामिण र शहरिया स्वरुपमा विभाजन भएको छ । गाँउवाट ठुलो संख्यामा शहरमा कामको खोजीमा मानिसहरु जाने गर्दछन् । तर उनीहरुले शहरमा स्थायी बसोबासको अनुमति पाउदैनन । यसबाट दुई थरीको समाजको निर्माण भएकोछ ।
३. ईन्टरनेट प्रगोगकर्ता र ईन्टरनेटको सेन्सर
संसारकै सबैभन्दा सेन्सर्ड ईन्टरनेटका रुपमा रहेको चिनमा संसारकै सबैभन्दा बढी ईन्टरनेट प्रयोगकर्ताहरु रहेका छन् । करिव ७५ करोड मानिसहरु ईन्टरनेको प्रयोग गरि रहेका छन् । संसारको कुल ईलेक्टा्र्ेनिक विजनेसको करिव ४० प्रतिशत हिस्सा चिनले ओगटेको छ ।
चक्र प्रसाद ढुंगाना
लेखक वेईजिंग विश्वविद्यालयबाट स्नातकोत्तर हुनु हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया