काठमाडौँ, भारतको हरियाणामा महेन्द्रगढ जिल्लाको एक भिडियो भाइरल भएको छ । उक्त भिडियोमा बुहारीले आफ्नी सासुलाई निमर्म कुटेको देख्न सकिन्छ ।
भिडियो उक्त वृद्धकी ८ बर्षीय नातिनीले खिचेको भारतीय संचार माध्यमले जनाएको छ । यी महिला स्वतन्त्र हिन्द फौजका सदस्य रहेको बुझिएको छ ।
कुट्ने महिलाका श्रीमान प्रहरी हुन् । उनका श्रीमान प्रहरी भएकै कारण उनि विरुद्ध कसैले आवाज उठाउन नसकेको बुझिएको छ ।
महिला स्वतन्त्र हिन्द फौजका सदस्य रहेकी वृद्धालाई मासिक ३० हजारको डरले पेन्सन आउने र त्यहि पेन्सनको लोभमा परि उनले आफ्नी सासुलाई कान्छा छोराको घरबाट ल्याएकी हुन् ।
उक्त भिडियो भाइरल भएसंगै त्याहाँका मुख्यमन्त्री मनोहर लाल खट्टरले सामाजिक संजाल ट्विटरमा ट्विट गर्छन्, ‘ यो दुःखद र निन्दनीय छ । सभ्य समाजमा यस्तो प्रकारको व्यवहारलाई सहन सकिँदैन । ‘
यस सम्बन्धमा मुद्दा दर्ता भइ उक्त महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उक्त ८० बर्षीय वृद्धालाई मेडिकल टेस्ट गराइएको छ ।