पब्लिक आवाज/ संवाददाता
काठमाडौं । बुटवलमा प्रहरीको गोली लागि एक जना तस्करको ज्यान गएको छ सिद्धार्थनगर नगरपालिका १० मा गस्तीमा रहेका प्रहरीमाथि भरतिय नम्बर प्लेटको मोटरसाइकलमा सवार व्यक्तिले गोली हाने पछि प्रहरीले फायर खोलेको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले बताए ।
प्रहरीका अनुसार तस्करको गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् ।जवाफी कारबाहीमा एक जना तस्करको मृत्यु भएको छ ।
मारिनेमा करीब ३५ वर्षीय पुरुष रहेका छन् उनकोे पहिचान हुन सकेको छैन् । प्रहरीको गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।