बिहानैदेखि काठमाडौं सहित देशभरि भारी वर्षा , जनजीवन प्रभावित (फोटो फिचर)

काठमाण्डौ – आज बिहानैदेखि काठमाडौं सहित देशभरि मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावले मौसममा बदली भई धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशै भरि पानी संगै धेरै ठाउँमा वर्षा र हिमपात हुनेछ ।

मध्य र पश्चिममा केही ठाउँमा भने ठूलो पानी पर्नुका साथै भारी हिमपात पनि हुनेछ ।

त्यसैगरि भोली पनि देशभरि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया