बिन लादेनका छोरामाथि अमेरिकाले राख्यो ११ करोडको पुरस्कार

ओसामा बिन लादेन १० मार्च १९५७मा साउदी अरबको एक धनी परिवारमा जन्मे। मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये १७ नम्बरका थिए उनी। मोहम्मद साउदी अरबका अरबपति ठेकेदार हुन्। उनको कम्पनीले देशको लगभग ८० प्रतिशत सडक निर्माण गरेको थियो। जब लादेनका बाबुको १९६८मा हेलिकोप्टर दुर्घटनाबाट मृत्यु भएपछि पिताको सम्पत्तिका हकदार उनी युवा अवस्थामै विनामिहिनेत करोडपति बन्न पुगे।

ओसामाका छोरा हमजा बिन लादेन ३० वर्षका छन् । अमेरिकाले उनलाई दुई वर्ष अगाडि नै आतंककारी घोषणा गरेको थियो । हमजाले मोहम्मद अताकी छोरीसँग बिहे गरेका छन् । मोहम्मद अता उनै हुन् जसले २००१ को हमलामा चार व्यवसायिक बिमानमध्ये एउटा अपहरण गरेका थिए र त्यसले न्यूयोर्कको वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए ।

एबटाबादमा बिन लादेनको घरबाट केही चिठी भेटिएका थिए जसबाट खुलेको थियो कि हमजालाई भावि नेताको रुपमा तयार गरिँदै छ । हमजालाई ओसामाले सबैभन्दा बढि माया गर्थे ।

अमेरिकी गृह मन्त्रालयको डिप्लोमेटिक सेक्यूरिटीका असिस्टेन्ट सेक्रेटरी माइकल इवेनअफले भने, ‘सम्भवतः उनी अफगान-पाकिस्तान सीमामा हुन सक्छन् ।’

अमेरिकाले आतंकवादी संगठन अलकायदाका हालका नेता हमजा बिन लादेनको विषयमा सूचना दिनेलाई १० लाख डलर (झन्डै ११ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी गृह मन्त्रालयले हमजालाई अलकायदाको प्रमुख नेताको रुपमा चित्रण गर्दै उक्त घोषणा गरेको हो । एजेन्सीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया