काठमाडौँ, बैदेशिक रोजगारीमा रहँदा सम्झौता अनुसारको काम गरिरहेका चितवनका बिनोद रानाभाटलाई भारतीय कामदारले आक्रमण गर्दा आफ्नो ज्यानको सुरक्षाको तिमती उनले प्रतिकार गर्ने क्रममा भारत सनैयाका अर्का कामदारको मृत्यु हुन पुगेको थियो ।
केही दिन यता सोही हत्यामा दोषी ठहरिएका रानाभाटलाई मृत्युदण्ड हुने खबरको ठुलै हल्ला चलिरहेको छ । सोही बारे एक विज्ञप्ती जारी गर्दै कतारस्थित नेपाली दूतावासले उक्त कुरा हल्ला मात्र भएको स्पष्ट गराएको छ ।
कतारको अदालतले रानाभाटलाई मृत्युदण्ड दिएको नभएर तीन वर्ष सजाय र २ लाख ६० हजार कतारी रियाल ब्लड मनी तिर्नुपर्ने गरी सजाय तोकेको र त्यही अनुसारको कारबाही सुनाइएको दूतावासका अधिकारी प्रबिन भट्टराईले बताएका छन् ।
सोही आदेश अनुसार ३० अक्टोबर २०१९ मा उनि ३ बर्षको सजाय सकिनेछ । दूतावासले जारी गरेको विज्ञप्तिमा ब्लड मनी भुक्तान गरेपछि रानाभाट जेलमुक्त हुने उल्लेख गरिएको छ ।
हाल उक्त ब्लड मणिको लागि देश बिदेशमा रहेका विभिन्न संघसंगठनकाहरुले समाजिक संजालमा सहयोग गर्नका निम्ति अभियान चलाएका छन् ।







