काठमाडौं । र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् ।
शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्याइदिएका थिए । बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने चलन छ ।
विवाद चर्किएपछि काठमाडौं महानगरपालिकामा यसबारे बैठक बसेको थियो । सोही बैठकको निर्णयपछि मुकुट बौद्ध गुरुलाई फिर्ता दिइएको हो ।