काठमाडौँ, बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं सचिवालय सदस्य माधव कुमार नेपाली पछि पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईको समेत नाम मुछिएको छ ।
यस समाचारको खण्डन गर्दै उनले सत्यतथ्य छानविन गर्न माग गरेका छन् । उनले आफ्नो सामाजिक संजाल ट्वीटर अकाउन्टमा ट्वीट गरेका छन् ।
उनको ट्वीट जस्ताको तस्तै : ” बालुवाटारको जग्गा सम्वन्धी विषयमा मेरो मन्त्रीमण्डलले समेत गलत निर्णय गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ!यसबारे गम्भीरतपूर्वक छानवीन होस्;सत्यतथ्य बाहिर आओस् र जसले गरेको भए पनि गलत गर्नेलाई कार्बाही होस् भन्ने आग्रह गर्दछु।साथै नखाएको विष लाग्दैन भन्नेमा ढुक्क छु!… “ ‘